कोरोनाबाट पछिल्लो २४ घन्टामा १२ हजार बढीको मृत्यु काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा १२ हजारभन्दा बढीको मृत्यु भएको छ।मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा तीन हजार ८४२ जना र ब्राजिलमा दुई हजार ३९९ जना छन्।यस्तै अमेरिकामा ५९०,अर्जेन्टिनामा ५३२, कोलम्बियामा ५१४, रुसमा ४०६, फ्रान्समा १४४, टर्कीमा १६६, जर्मनीमा ३१८, इटालीमा १२१, पोल्यान्डमा २०९, मेक्सिकोमा २६५, युक्रेनमा २०८, इन्डोनेसियामा १४४,इरानमा १६३, फिलिपिन्समा १५०, नेपालमा १४५ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्