पीसीआर प्रयोगशालालाई प्रदेश सरकारबाट ५० लाख दमौली। तनहुँको सदरमुकाम दमौलीमा व्यास नगरपालिकाले स्थापना गर्ने पीसीआर प्रयोगशालाका लागि गण्डकी प्रदेश सरकारले ५० लाख सहयोग गरेको छ। पीसीआर रिपोर्ट समयमै उपलब्ध गराउन व्यास-१० दुम्सीमा स्थापना हुन प्रयोगशालालाई प्रदेश सरकारले सहयोग गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जनाएका हुन्। यसअघि सङ्घीय सरकारबाट पनि प्रयोगशालाका लागि २५ लाख बजेट विनियोजन भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्