क्वारेन्टिनसम्बन्धी नियम उल्लंघन गर्नेलाई साउदीले फर्कन नपाउने गरी फिर्ता पठाउने काठमाडौं। साउदी अरब प्रवेश गर्ने नेपालीलगायत विदेशीले क्वारेन्टिनसम्बन्धी नियम उल्लंघन गरे पुनः साउदी आउन नपाउने गरी फिर्ता पठाउने जनाइएको छ। साउदीले यस्तो नियम लागू गरेपछि त्यहाँस्थित नेपाली दूतावासले साउदी आउने नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ। साउदीले पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट भएकालाई मात्र प्रवेश दिने जनाएको छ। स्वास्थ्य बीमा गरेर मात्र साउदी आउनुपर्ने नयाँ नियममा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्