सुदुरपश्चिममा महिलाभन्दा पुरुष दोब्बर सङ्क्रमित सुदुरपश्चिम। कोरोना सङ्क्रमणको दोस्रो लहरमा सुदुरपश्चिम प्रदेशमा महिलाको तुलनामा पुरुष बढी सङ्क्रमित देखिएका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबारसम्म सुदुरपश्चिमका नौवटै जिल्लामा महिला नौ हजार ५३६ जनामा संक्रमण देखिएको छ भने २१ हजार ४४२ जना पुरुष सङ्क्रमित देखिएका छन्। कुल सङ्क्रमितमध्ये पुरुष ६९ प्रतिशत र महिला ३०.७९ प्रतिशत छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्