चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप दिने काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज कोराना खोप दिने घोषणा गरेका छन्। आज राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीमा सीले उक्त घोषणा गरेको नेपालको लागि चिनियाँ राजदूत हउ यान्छीले बताएकी छन्। १० लाख डोज खोप चीनले अनुदान सहयोगमा दिन लागेको उनले बताएकी छन्। यसअघि चीनले नेपाललाई ८ लाख डोज कोरोना खोप उपलब्ध गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्