कोरोना खोप लगाउने विश्वको पहिलो पुरुषको मृत्यु एजेन्सी।विश्वमा कोरोना खोप लगाउने दोस्रो व्यक्ति बेलायतका विलियम बिल शेक्सपियरको मृत्यु भएको छ।८१ वर्षीय विलियमको मे २० का दिन मृत्यु भएको बेलायती मिडियाले जनाएका छन्। उनले २०२० डिसेम्बर ८ का दिन कोरोना खोप लगाएका थिए।उनी विश्वमा कोरोना खोप लगाउने पहिलो पुरुष हुन्। उनीभन्दा अघि ९१ वर्षीया मार्गरेट कीननले कोरोना खोप लगाएकी थिइन्। विलियमलाई लागेको रोग भने ‘अज्ञात’ बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्