कुन प्रदेशमा आज कति सङ्क्रमित थपिए? काठमाडौं। आज देशभर ८,३६३ जना कोरोना सङ्क्रमित थपिँदा सबैभन्दा धेरै बागमती प्रदेशमा सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार बागमती प्रदेशमा आज सर्वाधिक ४,०२०, गण्डकीमा १,१५२ र प्रदेश १ मा १,०६९ जना सङ्क्रमित थपिएका थिए। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिममा ६९७, प्रदेश २ मा ५१० र कर्णालीमा २३२ जना सङ्क्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्