भारतमा ४० दिनपछि दुई लाखभन्दा कम संक्रमित एजेन्सी। भारतमा बितेको २४ घण्टामा कोरोना संक्रमितको संख्या दुई लाखभन्दा कम देखिएको छ। अप्रिल १४ पछि यो पहिलो घटना हो। २४ घण्टामा १,९५,६८५ संक्रमित भेटिएको छन्। सोही अवधिमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३,४९६ रहेको छ। यसबाट भारतमा कोरोना संक्रमितको संख्यामात्र होइन, यसबाट मर्नेका संख्या पनि घटिरहेको देखिन्छ। राजधानी दिल्लीमा पनि कोरोना प्रकोप घट्दै गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्