भारतमा हवाई यात्रु बढ्न थाले एजेन्सी। कोरोना संक्रमण दरमा गिरावट आउन थालेपछि भारतमा हवाई यात्रु बढ्न थालेका छन्। नागरिक उड्डयन मन्त्रालयले आइतबार जारी गरेको आँकडाअनुसार, शनिबार ८१९ उडान भएको र त्यसमा ५६,९०० यात्री आफ्नो गन्तव्यतर्फ गएका थिए। भारतमा कोरोनाका दोस्रो लहर तीव्र बनेसँगै सबैखाले यात्रामा कमी आएको थियो। केही साताअघि त्यहाँ एकैदिन चार लाखसम्म संक्रमित भेटिएका थिए। अहिले त्यो क्रममा कमी आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्