काठमाडौं उपत्यकामा साढे २९ हजारभन्दा बढी सक्रिय संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा कोरोना भाइरसका २९ हजार ५ सय २५ जना सक्रिय संक्रमित रहेको जनाएको छ। मन्त्रालयकाअनुसार काठमाडौंमा १७ हजार ८ सय ७९, ललितपुरमा ६ हजार ८ सय ४५ र भक्तपुरमा ४ हजार ८ सय १ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्