काठमाडौं उपत्यकामा कोभिड-१९ : सक्रिय सङ्क्रमित ३१ हजारभन्दा बढी काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामा ३१,२३२ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा २०,१६६, ललितपुरमा ६,४४८ र भक्तपुरमा ४,६१८ सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,७५,५६४, ललितपुरमा २९,९८३ र भक्तपुरमा १७,९९२ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः १४०३, ३६७ र २७४ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको भएकामा काठमाडौंमा १,५३,९९५, ललितपुरमा २३,१६८ र भक्तपुरमा १३,१०० जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्