ब्यासमा कोरोनाबाट मृत्यु हुनेको परिवारलाई १० हजार दमौली। तनहुँको ब्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई १० हजार रुपैंयाँ उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना संक्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चबापत सो रकम उपलब्ध गराउने निर्णय गरेको हो। सम्बन्धित वडाको सिफारिशमा मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्