भारतमा संक्रमणदर घट्दै, मृत्यु हुनेको संख्या बढ्दो काठमाडौं। भारतमा कोरोनाको संक्रमणदर घट्दो भएपनि मृत्यु हुनेको संख्या भने बढ्दो क्रममा छ। भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ५४ हजार ५०८ जना संक्रमित थपिएका छन् भने चार हजार १४३ जना संक्रमितको मृत्यु भएको छ। सो अवधिमा २३ लाख ५९ हजार १७ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २९ लाख ३० हजार ५४४ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्