काठमाडौं उपत्यकामा कोभिड-१९ : सक्रिय सङ्क्रमित ३६ हजारभन्दा बढी काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामा ३६,०६७ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा २४,३८९, ललितपुरमा ६,८९५ र भक्तपुरमा ४,७८३ सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,७२,००१, ललितपुरमा २९,२५५ र भक्तपुरमा १७,५१८ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः १३२६, ३४७ र २६२ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको भएकामा काठमाडौंमा १,४६,२८६, ललितपुरमा २२,०१३ र भक्तपुरमा १२,४७३ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्