एचडीयु र अक्सिजनसहितको आइसोलेसन सञ्चालन म्याग्दी।बेनी अस्पतालले कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडीयु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेसन कक्ष सुरू गरेको छ। एचडीयुलाई मिनी आइसीयु पनि भनिन्छ। बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको पाँच/पाँच लाख सहयोगमा अस्पतालको निर्माणाधीन भवनको पाँच कोठामा आइसोलेसन सञ्चालन गरिएको हो। तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि तयार पारिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्