काठमाडौं उपत्यकामा कोभिड-१९ : सक्रिय सङ्क्रमित करिब ३७ हजार काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामा ३७,७३५ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा २५,०५८, ललितपुरमा ६,८१७ र भक्तपुरमा ४,८६० सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,६९,४०१, ललितपुरमा २८,८५२ र भक्तपुरमा १७,२८९ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः १२६७, ३३४ र २५७ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको भएकामा काठमाडौंमा १,४३,०७६, ललितपुरमा २३,३१७ र भक्तपुरमा १२,१७२ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्