बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड काठमाडौं।सरकाले बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड रुपैयाँ दिएको छ।उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दियाका अध्यक्ष अंगद श्रेष्ठले बताए।मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने उनले जनाए। बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएकाले थप गर्न पहल गरिरहेको उनले जनाए।दोस्रो लहरको कोरोना महामारीमा संघीय सरकारले देशभरीका १२ अस्पताललाई १६ करोड ८० लाख विनियोजन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्