फ्रान्समा लकडाउन खुकुलो : बार र रेस्टुराँ खुल्ने बीबीसी। फ्रान्समा लकडाउन खुकुलो भएसँगै बार, पसल, रेस्टुराँ र सांस्कृतिक केन्द्रहरू खुल्ने भएका छन्। रेस्टुराँमा छजनासम्म सँगै बसेर खानसक्ने बताइएको छ। फ्रान्समा रात्रिकालीन कर्फ्यु ७ बजेबाट ९ बजे पुर्‍याइएको छ। फ्रान्समा केही सातायता खोप कार्यक्रम तीव्र छ। फ्रान्सले गत ३ मेयता जनजीवन खुकुलो हुन थालेको हो। फ्रान्समा अहिलेसम्म ५९ लाखभन्दा बढी कोरोना सङ्क्रमित र १,०८,२०१ जनाले ज्यान गुमाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्