पाइपलाइन विस्तार गर्न दमौलीलाई ३० लाख काठमाडौं। तनहुँको दमौली अस्पताललाई पाइपलाइन विस्तार गर्न ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ। अर्थमन्त्रालयले कोभिड–१९को दोस्रो लहरसँग लड्न भन्दै अस्पताललाई ३० लाख छुट्याएको हो। उक्त रकमले अस्पतालमा अक्सिजनको पाइपलाइन विस्तार गरिनेछ। कोभिडको दोस्रो लहरविरुद्ध लड्न सरकारले पछिल्लो समय अधिकांश अस्पताललाई बजेट विनियोजन गर्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्