काठमाडौं उपत्यकामा कोभिड-१९ : सक्रिय सङ्क्रमित ३९ हजारभन्दा बढी काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामा ३९,२४५ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा २७,३३९, ललितपुरमा ६,९९० र भक्तपुरमा ४,९१६ सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,६७,४१३, ललितपुरमा २८,५८२ र भक्तपुरमा १७,०६१ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः १२२८, ३२३ र २४० जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको भएकामा काठमाडौंमा १,३८,८४६, ललितपुरमा २१,२६९ र भक्तपुरमा ११,९०५ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्