आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द काभ्रे।कोरोना सङ्क्रमण उच्च सङ्ख्यामा रहेको बनेपा नगरपालिकामा आज रातिदेखि ‘सिल’ गरिने भएको छ। कोभिड–महामारी व्यवस्थापनमा सरोकारवालासँगको बैठकले आज राति १२ बजेदेखि नगर सिल गर्ने निर्णय गरेको हो।कारोना सङ्क्रमणको दोस्रो लहर तीव्ररूपमा बढेपछि सम्पूर्ण नगर क्षेत्र हाललाई एक हप्ताका लागि सिल गर्नुपरेको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताए। जेठ १२ गते राति १२ बजेसम्म नगर क्षेत्र सिल गरिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्