सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयरको कोरोनाबाट मृत्यु काठमाडौं। सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा कुमारी चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। कोरोना संक्रमणपछि विराट नर्सिङ होमको आईसीयूमा उपचारत उनको आज बिहान मृत्यु भएको हो। दुई साता अघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। गर्भवती समेत रहेकी चौधरीको ३ दिनअघि मात्रै उनको पेटमा भएको बच्चा मृत अवस्थामा निकालिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्