हुम्लाका पाँच गाउँपालिकामा फैलियो कोरोना हुम्ला।हुम्लाका सातमध्ये ५ गाउँपालिकामा कोरोना सङ्क्रमण फैलिएको छ। पाँच गाउँपालिकाका ग्रामीण बस्तीहरुमा कोरोनाको आशंका लागेपछि परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ।खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट,सर्केगाड,चङ्खेली,ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना स–क्रमणको जोखिम बढेको छ।नाम्खा र खार्पुनाथमा अहिलेसम्म परीक्षण नगरिएकाले सङ्क्रमित नभेटिएको हो। पाँच गाउँपालिकामा ३९४ जनामा कोरोना परीक्षण गर्दा ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्