साउदीस्थित नेपाली दूतावासका धेरै कर्मचारीमा कोरोना संक्रमण काठमाडौं। साउदी अरबको रियादस्थित नेपाली दूतावासका धेरैजसो कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दूतावासले सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ। दूतावासले आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “यस दूतावासका थप कर्मचारीहरूमा कोरोनाको संक्रमण देखिएको हुँदा सेवाग्राहीहरू भौतिकरुपमा उपस्थित भई दूतावासबाट लिनुपर्ने सम्पूर्ण सेवाहरू अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्