वरिष्ठ साहित्यकार सुवेदीको निधन काठमाडाैं।वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा निधन भएको छ। उनको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता,निबन्ध,प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन्।त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापन गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक समेत हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्