चितवनमा उपचारत ११ कोरोना संक्रमितको मृत्यु काठमाडौं। चितवनको चारवटा अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। उनीहरु भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारत थिए। मृत्यु हुनेमा तीनजना चितवनका र ८ जना अन्य जिल्लाका रहेका छन्। चितवन मेडिकलमा चारजना, पुरानो मेडिकलमा चारजना, विपी कोइरालामा दुईजना र भरतपुर अस्पतालमा एकजनाको मृत्यु भएको ती अस्पतालले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्