काभ्रेपलाञ्चोकमा जेठ १२ गतेसम्म निषेधाज्ञा काभ्रेपलाञ्चोक। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दोस्रोपटक म्याद थप गरी निषेधाज्ञालाई जिल्लाभरी लागू गरेको छ। प्रशासनले जारी गरेको सूचनामा आज राति १२ बजेदेखि यही जेठ १२ गते राति १२ बजेसम्मको लागि समय थप गरिएको छ। दोस्रो लहरमा फैलिरहेको कोरोना सङ्क्रमण बढिरहेकाले कार्यालयले यसअघि जिल्लाको दुई राजमार्ग र मुख्य सडक खण्डको दायाँ बाँया र बजार क्षेत्रमा मात्रै जारी गरेको थियो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्