‘भारत स्वतन्त्र भएपछिको सबैभन्दा ठूलो चुनौती कोरोना’ एजेन्सी। बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएपछिको सम्भवतः सबैभन्दा ठूलो चुनौती कोरोना भएको भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर रघुराम राजनले बताएका छन्। ‘‘देशले भोगिरहेको सायद सबैभन्दा ठूलो चुनौती। सरकार विभिन्न कारणले थुप्रै स्थानमा उपस्थित छैन,’’ शनिबार युनिभर्सिटी अफ सिकागो सेन्टरको भर्चुअल कार्यक्रममा उनले भने, ‘‘महामारीका कारण भारतका लागि यो त्रासदीपूर्ण समय हो। स्वतन्त्रतापछि देशले भोगिरहेको सबैभन्दा ठूलो चुनौती हो यो।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्