बाँकेमा कोरोनाबाट एक महिनामा २४२ जनाको मृत्यु काठमाडौं। गत वैशाख महिनामा मात्र बाँकेमा कोरोना भाइरस संक्रमणका कारण २४२ जनाको मृत्यु भएको छ। वैशाखमा बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ७५ र जिल्लाकै १६७ जनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ। कोरोनाका कारण मृत्यु हुनेमा १०१ जना महिला र १४१ पुरुष रहेका छन्। हाल बाँकेमा करिब चार हजार सक्रिय संक्रमित छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्