कोरोना संक्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाए काठमाडौं। नेपाल पत्रकार महासंघले हालसम्म कोरोना भाइरस संक्रमणका कारण देशभर १३ जना पत्रकारको मृत्यु भएको जनाएको छ। हिजो मात्र नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको मृत्यु भएको थियो।हालसम्म नेपालमा ७ सय ५० जना भन्दा बढी पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको महासंघले बताएको छ। पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेकोमा महासंघले चिन्ता व्यक्त गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्