ओमानबाट आइपुग्यो अक्सिजन सिलिन्डर काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आज ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइपुर्‍याएको छ। गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरूप प्राप्त भएको ५६० थान अक्सिजन सिलिन्डर वाइड बडी ‘ए’ ३३० जहाजमार्फत् अहिले केहीबेरअघि मस्कटबाट आइपुगेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्