काठमाडौं उपत्यकामा कोभिड-१९ : सक्रिय सङ्क्रमित ४२ हजारभन्दा बढी काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामै ४२,२२५ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा ३०,१२४, ललितपुरमा ७,१०१ र भक्तपुरमा ५,००० सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,६१,१३७, ललितपुरमा २७,३२७ र भक्तपुरमा १६,२५० जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः ११०१, २९७ र २१७ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको भएकामा काठमाडौंमा १,२९,९१२, ललितपुरमा १९,९२९ र भक्तपुरमा ११,०३३ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्