नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै, होम आइसोलेसनमै एक लाखभन्दा बढी काठमाडौँ। नेपालमा आज पनि सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै १,०९,७४० पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार १,०१,७७१ होम आइसोलेसनमा र ७,९६९ संस्थागत आइसोलेसनमा छन्। यसमध्ये सर्वाधिक बागमती प्रदेशमा ४८,८९३ होम आइसोलेसनमा र ३,१३७ संस्थागत आइसोलेसनमा रहेका छन्। त्यस्तै, नेपालमा आज १,३३१ जना आईसीयूमा र ३७० जना भेन्टिलेटरमा रहेका छन्। नेपालमा ६७५ जना क्वारेन्टाइनमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्