सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु धनगढी। सुदूरपश्चिम प्रदेशमा पछिल्लो चौबीस घण्टामा थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीका ५ र बैतडीका १ जना रहेका छन्। सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका ५३ वर्षीय, ४० वर्षीय, ४१ वर्षीय, ६४ वर्षीय पुरुष र ५८ वर्षीया महिलाको मृत्यु भएको हो। बैतडीको ३६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्