फिनल्याण्ड, फ्रान्स र जर्मनीले नेपाललाई सहयोगस्वरूप स्वास्थ्य सामग्री पठाउँदै काठमाडौं। युरोपेली युनियनको सिविल प्रोटेक्सन मोकानिज्मअन्तर्गत फिनल्याण्ड, फ्रान्स र जर्मनीले नेपाललाई सहयोगस्वरूप विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गर्ने घोषणा गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार फिनल्याण्डले २२ लाख फेसमास्क, साढे ३ लाख एफएफपीटु मास्क, साढे ५२ हजार जोर भिनाइल ग्लोभ र ३० हजार आइसोलेसन गाउन उपलब्ध गर्नेछ। फ्रान्स र जर्मनीले स्वास्थ्य सामग्री उपलब्ध गर्ने जनाए पनि सङ्ख्यागत विवरण आइनसकेको मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्