पशुपतिमा शव व्यवस्थापनमा समस्या कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यधिक बढेकाले शव व्यवस्थापनमै समस्या देखिएको छ । दैनिक करिब ३० भन्दा बढीको शवदाह गर्नुपर्ने अवस्था आएको छ । विद्युतिय शवगृहमा एउटा मात्र शव जलाउन करिब एक घण्टाको समय लाग्छ । तसर्थ विद्युतीय शवदाहमा मात्रै शव व्यवस्थाप गर्न नसकिएपछि बागमती खोलाको किनारमा शव जलाउनुपर्ने बाध्यता सिर्जना भएको पशुपति घाटसेवाका प्रमुख कुमार थापाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्