नवनियुक्त न्यायाधीशहरुको शपथ सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनियताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले नवनियुक्तलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । सर्वोच्च अदालतका न्यायाधीशरुको शपथ ग्रहण राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने चलन रहेको छ । तर यसपटक कोरोना महामारीको जोखिमका कारण राष्ट्रपतिको उपस्थिति बिनानै शपथग्रहण गराइएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्