संसद अधिवेशन अन्त्य गर्नु सरकारको कायरता : कांग्रेस नेता सिंह नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसद अधिवेशन अन्त्य गरेर सरकारले कायरता प्रदर्शन गरेको आरोप लगाएका छन् । जनतासँगको डरले सरकारले संसदमाथि प्रहार गरेको छ बताए । उनले सरकारविरुद्ध उचित समयमै उपयुक्त कदम चाल्न दलहरु चुक्न नहुने बताए । सरकार अलोकतान्त्रिक बन्दै गएकोले विकल्प खोज्न कांग्रेसले अग्रसरता लिनुपर्ने बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्