विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले भर्चुअल माध्यमबाट पठनपाठनलाई जारी राख्ने बताएका छन्। आज बसेको मन्त्रिपरिषदको बैठकको निर्णय सुनाउँदै मन्त्री श्रेष्ठले भने, “वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय भयो, भौतिक रूपमा विद्यालय जानु पर्दैन तर भर्चुअल र इलेक्ट्रोनिक माध्यमबाट पठनपठान नियमित गरिनेछ।” स्वास्थ्य मन्त्रालयले तोकेको जिल्लामा कोभिड–१९ को प्रभाव हेरेर डिसीसीएमसीको निर्णयअनुसार विद्यालय बन्द हुने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्