प्रधानमन्त्रीको लागि लालायित छैनौं, नेतृत्व लिने परिस्थिती उत्पन्न भए पछाडि हटदैनौं : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीका लागि लालायित नभएको बताएका छन् । आज बुढानिलकण्ठ स्थित आफ्नै निवासमा ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन गर्दै सभापति देउवाले भने, “म प्रधानमन्त्रीको लागि लालायित छैन, नेतृत्व लिने परिस्थित आए भने पछाडि हटदिनँ ।” वर्तमान सरकार अहिले पनि बहुमतको सरकार रहेकाले विकल्प खोज्ने बेला नभएको उनले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्