सिंहदरबारभित्र कार्यरत नायव सुब्बाहरु आन्दोलित नायब सुब्बा पदका कर्मचारीहरुले सिंहदरबारभित्र प्रर्दशन गरेका छन्। रापत्रांकित तृतीय श्रेणी (अधिकृत) मा पदपूर्तिको व्यवस्थाको विरोध गर्दै उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएएका हुन्। आन्तरिक प्रतिस्पर्धाबाट २० र बढुवाबाट ३० प्रतिशत व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ। संसदमा पेस भएको संघीय निजामति सेवा विधेयकमा अधिकृतमा खुल्लाबाट ८० र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्