आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदर घटाउने नीतिलाई असफल बनाउन खोजेको भन्दै सरकारी बैंकका प्रमुखहरुसँग स्पष्टीकरण मागेका छन्। असार मसान्तसम्ममा सरकारको ऋण २२ खर्ब १८ अर्ब रुपैयाँ नाघेको छ। अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएसँगै विदेशी मुद्राको सञ्चिति १५खर्ब ३९अर्ब रुपैयाँ भन्दा बढी भएको छ। जहाज चार्टर्ड गरेर बंगलादेशबाट नेपाल घुम्न आए झन्डै २००पर्यटक आएका छन् भने थप ५००जना आउँदै छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्