आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री प्रचण्डले तीन वर्षभित्र कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्धता जनाएका छन्। माघ मसान्तसम्म ५ खर्ब १४ अर्ब राजस्व संकलन भएको छ। राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्न चिनियाँ कम्पनीलाई जिम्मा दिएको छ। देशको ९६ प्रतिशत भूभागमा विद्युत्को पहुँच पुगेको छ। चालू आर्थिक वर्षको सात महिनामा सरकारी बजेट खर्च ३७ प्रतिशत मात्रै भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्