कहाँ गयो कमलपोखरीको कलकल पानी ? काठमाडौं। कुनै बेला कमलपोखरीकोमा कञ्चन पानी हुन्थ्यो। रंगीचङ्गी माछा पौडन्थे। मान्छेहरु आएर रमाउथे। तर, अहिले त्यो अवस्था छैन। जताततै फोहर तैरिएको छ। विगतमा ढकमक्क कमल फुल्ने भएकै कारण सो पोखरीलाई कमलपोखरी भनिएको हो र सोही आधारमा ठाउँको पहिचान फैलिएको हो। तर, अहिले नाक नथुनी पोखरीको किनारमा एकछिन् उभिन पनि सकिँदैन। यस विषयलाई हामीले व्याड न्यूजमा प्रस्तुत गरेका छौं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्