सय रुपैयाँ ऋण लिँदा वर्षभरी बधुवा मजदुरी गर्नुुपर्ने त्यो नेपाल तनहूँं। पहिले जिल्लामा विद्यालयहरु पर्याप्त नहुँदा पढ्ने मान्छे निकै थोरै थिए। नपढेपछि गर्ने काम भनेको मेलापात–ज्याला मजदुरी नै थियो। एकपाथी धानमा दिनभरी काम गर्नुपर्थ्यो। एकसय रुपैयाँ ऋण लिन वर्षदिन बधुवा–मजदुरी गर्नुपर्दथ्यो। पाँच रुपैयाँ पाउन नुन र मट्टितेल लिन नारायणघाट या बटौली भरिया बनेर जानुपर्थ्यो। मेलापात गर्न जाँदा दिएको खाजा पनि आधा परिवारकालागि बचाइन्थ्यो। क्या थियो त्यो बेलाको नेपाल।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्