नवरात्रको पाँचौ दिन आज देवी स्कंदमाताको पूजा आराधना गरिँदै काठमाडौं ।नवरात्रको पाँचौं दिन आज भगवती दुर्गाको पाँचौँ रूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दकुमार कुमारकी माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ। गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ। नवरात्रमा प्रत्येक दिन एक– एक देवीको आराधना गर्ने परम्परा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्