२०७७ जेठ २०, मंगलबार

महामारीका बेला सरकार र नागरिकलाई किन असहयोग गर्दैछन् निजी अस्पताल ? 

काठमाडाैं। थापाथलीमा नर्भिक अस्पताल चलाइरहेका डलर अर्बपति विनोद चौधरी र भैंसेपाटीमा ‘अत्याधुनिक सुविधा’को मेडिसिटी अस्पताल चलाइरहेका गैरआवासीय धनाढ्य उपेन्द्र महतोले सार्वजनिक भाषणमा भन्ने गर्छन्, “नेपालीलाई जीवनदान दिन सक्ने सुविधासहितका अस्पताल चालएका छौं। हाम्रा अस्पतालमा आएका अन्तिम अवस्थाका बिरामी पनि जीवनदान लिएर फर्कन्छन्।”

देशमै सर्वाधिक महङ्गा मानिने यी अस्पताल सामान्य नागरिकका पहुँचबाहिर छन्। सम्पन्नशालीहरूले मात्रै आट्न सक्ने यी अस्पताल अहिले विश्व नै कोरोना महामारीविरुद्ध जुटिरहेको बेला पनि पैसावाल बिरामीको खोजीमा छन्।

नर्भिक अस्पतालका अध्यक्ष  बसन्त चौधरीले नेपाल सरकारले खडा गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा अस्पतालको तर्फबाट ५० लाख रूपैयाँ बराबरको मेडिकल उपकरण दिने घोषणा गरेका छन्। त्यसैगरी, बसन्त चौधरी फाउण्डेसनका तर्फबाट ५० लाख रूपैयाँ नगद नै दिने पनि भनेका छन्।

तर, कोरोना भाइरस संक्रमणको सन्त्रासले ग्रस्त बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुमा खचाखच हुँदा पनि उनी भन्न सकेका छैनन्, “कोरोना भाइरसको शंकास्पद लक्षण भएका बिरामी नर्भिक अस्पतालमा आउनुस्। तपाईंलाई आइसोलेसनमा राख्छौं र परीक्षणको प्रक्रिया शुरू गराउँछौं।”

उनले आफ्नै व्यवसाय प्रवर्द्धन हुने गरी सामाजिक प्रतिष्ठाका लागि ट्वीटरमार्फत सरकारी कोषमा योगदान गर्ने घोषणा गरे। उनले जति नै रकम सरकारी कोषमा दिनुभन्दा बढी मानवीय कल्याणकाे काम हुन सक्थ्यो कोभिड–१९ को डरमा रहेका शंकास्पद बिरामीको उपचार।

नर्भिक त्यही अस्पताल पनि हो जसले, सिकिस्त बिरामी किनेर व्यवसाय चलाउँदै आएको आरोप लाग्ने गरेको छ। खोज पत्रकारिता केन्द्रले अघिल्लो वर्ष नर्भिक अस्पतालले आईसियूका बिरामी एम्बुलेन्स चालकलाई कमिसन दिएर किन्ने गरेको तथ्य सार्वजनिक गरेको थियो।

हो, सरकारले अहिले काठमाडौंमा टेकुमा रहेको जनस्वास्थ्य प्रयोगशलामा मात्रै कोभिड–१९ को परीक्षणको व्यवस्था गरेको छ। काठमाडौंबाहिर पोखरा र धरानमा परीक्षण शुरू गर्ने निर्णय गरेको छ। तर, यससँगै सरकारले भनेको छ, ‘सबै निजी अस्पतालले आइसोलेसन बेड तयार गर्नू र शंकास्पद बिरामीलाई आइसोलेसनमा राखेर परीक्षणमा सघाउनू।’

जनस्वास्थ्यविद् शरद वन्त भन्छन्, “संकटको बेला त कसले के गर्ने भन्ने प्रश्न नै हुँदैन। जसले जसरी सक्छ त्यसरी नै महामारीको बेला भिड्ने हो। निजी अस्पताल यो दायित्वबोधबाट पन्छिन र चुक्न हुँदैन। सबैको उत्तिकै दायित्व हो।”

निजी अस्पतालले शंकास्पद बिरामीलाई आइसोलेनसनमा राखेर स्वाबको नमूना संकलन गरिदिए जनस्वास्थ्य प्रयोगशाला आफैले स्वाब संकलन गर्ने व्यवस्था गरेको छ। तर, अहिले सामान्य ज्वरोको शंका लागेका बिरामीलाई पनि निजी अस्पतालले गेटबाटै फर्काउने गरेका छन्।

नर्भिक मात्रै होइन, तारे अस्पताल भनेर चिनिएका मेडिसिटी, ग्राण्डी, ओम, सुमेरु, बयोधा, मेडिकेयर, केएमसी, मोडल, अल्का, ब्लुक्रसलगायत सबै अस्पतालले ज्वरो आएको भन्नासाथ बिरामीलाई अस्पतालमै छिर्न दिएका छैनन्।

यिनै अस्पताल जसले सामान्य बेलामा एम्बुलेन्स चालकलाई कमिसन दिएर बिरामी किन्छन्। बिरामीको खल्ती छामेर अस्पतालको बिल बनाउँछन्। बिल तिर्न नसकेका बिरामी महीनौं अस्पतालमै बन्दी बन्छन्। तर, सार्वजनिक जिम्मेवारी निर्वाह गर्नुपर्ने बेलामा यिनै अस्पताल ढोका थुनेर बसेका छन्।

ज्वरो आएका बिरामी पनि अहिले टेकुमै पुग्नुपर्ने अवस्था छ। यस्तो महामारीका बेलामा सरकारी अस्पतालको सीमित स्रोत साधनले मात्रै कोभिड–१९ का बिरामीको उपचार सम्भव छैन।

धेरैजसो अस्पताल सञ्चालकले भन्ने गरेका छन् सरकारले पर्सनल प्रोटेक्सन इक्विपमेन्ट(पीपीई) नदिएकै कारण कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामीको उपचार गर्न सकेका छैनौं। यो त जिम्मेवारीबाट उम्कनको लागि उनीहरूले गर्ने बनावटी तर्क मात्रै हो।

अस्पतालहरूले भन्नुपर्ने हो, “महामारीकाविरुद्ध हामी उत्तिकै प्रतिबद्ध भएर लागेका छौं। अहिले हाम्रो क्षमताले यसरी बिरामीको उपचार गरिरहेका छौं। बाँकी तयारी र आवश्यक साधन सरकारले चाँडै व्यवस्था गरोस्।” तर, अस्पतालहरूको अवस्था हेर्दा लाग्छ, यिनीहरू कुनै जोखिमबिना बिरामीको खल्तिबाट नाफा झिक्न मात्रै खुलेका हुन्।

चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका मेडिकल निर्देशक डा. विश्वनाथ कोइराला भन्छन्, “हामीसँग १५ सेट जति मात्रै पीपीई छ। सरकारलाई अरु पीपीई मागेका छौं। त्यो नदिएसम्म उपचार शुरू गर्न सक्दैनौ।”

अस्पतालहरूले भन्नुपर्ने हो, “महामारीकाविरुद्ध हामी उत्तिकै प्रतिबद्ध भएर लागेका छौं। अहिले हाम्रो क्षमताले यसरी बिरामीको उपचार गरिरहेका छौं। बाँकी तयारी र आवश्यक साधन सरकारले चाडैं व्यवस्था गरोस्।” तर, अस्पतालहरूको अवस्था हेर्दा लाग्छ, यिनीहरू कुनै जोखिमबिना बिरामीको खल्तिबाट नाफा झिक्न मात्रै खुलेका हुन्।

त्यतिमात्रै होइन, अस्पतालले अहिलेसम्म आइसोलेसन वार्ड पनि तयार गरेको छैन। अस्पतालले हेल्थ डेस्क बनाएर थर्मल गनले ज्वरो नाप्ने र स्यानिटाइजर घस्ने काममात्र गरिरहेको छ।

कोइरालाले आफ्नै नेतृत्वमा कोभिड–१९ का बिरामी उपचारको लागि मेडिकल टीम भने बनाएका छन्। आइसोलेसन वार्ड नै नभएको अस्पतालमा मेडिकल टीम बनाउनुको के अर्थ ?

ओम अस्पतालको मात्रै होइन, देशभरका सबै निजी अस्पतालले महामारीको बेला मानवीय संवेदना बिर्सिएका छन्। यस्तो बेला जहाँ जस्तो स्रोत साधन छ त्यसैलाई उपयोग गरेर महामारीसँग जुध्नुपर्ने हो। तर, अस्पतालहरू भने कोरोना संक्रमणको शंका लागेमा बिरामीलाई अस्पतालको गेटबाटै छिर्न नदिएर अस्पताल चोखो रहेको भन्दै सुनपानी छर्कन लागि परेका छन्।

कोभिड–१९ को बिरामीको उपचारको तयारीका बारेमा कुरा गर्न खोज्दा नेपाल मेडिसिटी अस्पतालका व्यवस्थापन पक्ष बोल्न तयार भएन्। मेडिसिटीले कोभिड–१९ को शंका लागेको सातजना बिरामीलाई टेकु रिफर गरिदिएको छ।

“हेल्थ डेस्कमा उच्च ज्वरोका बिरामी आएका थिए। उनीहरूलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिफर गरेका थियौं। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएछ”, नाम उल्लेख नगर्ने शर्तमा मेडिसिटीका एक अधिकारीले भने। मेडिसिटीले अहिलेसम्म जम्मा दुई वटा आइसोलेसन बेड तयार गरेको छ तर, त्यो पनि उपयोगमा ल्याएको छैन।

सबैभन्दा बढी जिम्मेवारी र दायित्वबोध गर्नुपर्ने बेला सबैजसो निजी अस्पतालका सञ्चालकले भने तल्लो तहका कर्मचारीलाई जसरी हुन्छ बिरामी पन्छाउने निर्देशन दिने गरेका छन्।

यस्तो महामारीको बेला निजी र सार्वजनिक भनेर अस्पताललाई छुट्याउनै नमिल्ने वन्तले बताए।

अर्का जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे भन्छन्, “राज्यले अत्यावश्यक सेवाका लागि जुन नियम लगाउँछ, त्यो निजी अस्पतालले पनि पालना गर्नैपर्छ। नाफा कमाउनको लागि मात्रै अस्पताल खोलेको हो भने बन्द गरेर अरु व्यापार गरे राम्रो हुन्छ।”

प्रकाशित: बुधबार, चैत १२, २०७६ १९:४७
उद्धव थापा/विनय कुमार
यिनै अस्पताल जसले सामान्य बेलामा एम्बुलेन्स चालकलाई कमिसन दिएर सिकिस्त बिरामी किन्छन्। बिरामीको खल्ती छामेर अस्पतालको बिल बनाउँछन्। बिल तिर्न नसकेका बिरामी महीनौं अस्पतालमै बन्दी बन्छन्। तर, सिंगो देश संकटमा फसेका बेला यिनै अस्पताल ढोका थुनेर बसेका छन्।