२०७७ असार २१, आईतबार

सांसदहरूले भने- कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको कार्यप्रणाली सुध्रिएन

काठमाडौं। संघीय संसद्का सांसदहरूले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले कार्यप्रणालीमा सुधार गर्न नसकेको बताएका छन्।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा सांसदहरूले नेपालमा कोरोना संक्रमणको पहिलो केस देखेपछि अहिलेसम्म आउँदा काम गर्ने तरिकामा कुनै परिवर्तन ल्याउन नसकेको बताएका हुन्।

पाँच महिनामा कुनै पनि विषयको समस्या समाधान हुने गरी काम हुन नसकेको आरोप उनीहरूले लगाएका छन्। क्वारेन्टिन, आइसोलेसन सेन्टर, अस्पतालको गुणस्तरीय सेवा, ल्याबको क्षमता बढाउने लगायतका काममा कुनै प्रगति हुन नसकेको सांसदहरूले बताए। सांसदहरूले सरकार अझै पनि खरिद प्रक्रियामा अल्झँदै बसेको भन्दै त्यसलाई सुधार गर्न आग्रह गरेका छन्।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले स्वास्थ्य सामग्रीको खरिद, संकलन र वितरणका लागि छुट्टै केन्द्र बनाउनुपर्ने बताए। उनले सांसदहरूले आपूर्ति व्यवस्थापन महाशाखाबाट झगडा गरेर स्वास्थ्य सामग्री माग्ने र आफूले चाहेको ठाँउमा लगेर बाँड्दै फोटो खिच्ने प्रवृत्तिले स्वास्थ्य सामग्रीको वितरणमा विकृति ल्याएको टिप्पणी गरे। उनले सरकारका निकायहरू स्वास्थ्य उपचारको गुणस्तर बढाउनेभन्दा पनि क्वारेन्टिन बनाउने, राहत वितरण गर्ने, खाना खुवाउने काममा लाग्दा अहिलेसम्म कुनै सुधार नदेखिएको बताए।

सांसद हितबहादुर तामाङले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि संघीय सरकार र प्रदेश सरकारबीच अझै पनि समन्वय हुन नसकेको बताए। यस्तै स्थानीय तहहरूबीच क्वारेन्टिन र आइसोलेसन सेन्टर खोल्ने प्रतिस्पर्धाले पनि गुणस्तरीय काम हुन नसकेको उनले बताए।

सांसद अन्जना विशंखेले कोरोना भाइरसका कारण समाजमा नयाँ समस्या देखिँदै गएकोले अबको समस्या के हो भन्ने कुरालाई फरक ढंगले सोच्नुपर्ने बताइन्। उनले कोभिडलाई सामाजिक हिसाबले जोडेर त्यसबाट आएका समस्या समाधानका लागि काम गर्नुपर्ने बताइन्।

प्रकाशित: मंगलबार, असार १६, २०७७ १९:४७
समाचार सारांशमा :
  • पाँच महिनामा कुनै पनि विषयको समस्या समाधान हुने गरी काम हुन नसकेको आरोप
  • स्वास्थ्य उपचारको गुणस्तर बढाउनेभन्दा पनि क्वारेन्टिन बनाउने काममा लाग्दा सुधार नदेखिएको टिप्पणी
  • संघीय र प्रदेश सरकारबीच समन्वयको अभाव
पूरा समाचार पढ्नुहोस्