२०७७ असार २१, आईतबार

पदो‍न्‍नति भएका प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान 

काठमाडौं। बढुवा भएका नेपाल प्रहरीका प्राविधिक तर्फका कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्राविधिक प्रहरी नायव महानिरीक्षक र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक तथा प्राविधिक प्रहरी उपरीक्षक र प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उक्त निर्णयबाट पदोन्नति भएका प्राविधिक प्रहरी अधिकृतहरूलाई नेपाल प्रहरी अस्पताल महाराजगंजमा आज आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सुन्दरप्रसाद हैजु, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू डा. दामोदर पौडेल, डा. संचिता दाहाल घिमिरे, डा.मनोजकुमार यादव र कुशल रानाभाट रहेका छन्।

त्यस्तै प्राविधिक प्रहरी उपरीक्षकहरू ई.हरि डंगोल, ई. ईश्वर थापा, डा. सुवर्ण कुँवर, डा. छन्द बुढाथोकी, डा. केदार खड्की, उन्देश्वर तिवारी र लालबाबु गिरी तथा प्राविधिक प्रहरी नायव उपरीक्षक भुपाल बाँनिया रहेका छन्।

प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतहरूलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरीको संस्थागत विकासका लागि भरपर्दो मेरुदण्डको रूपमा रहेका प्राविधिक समूहका प्रहरी अधिकृत तथा जवानहरुले निर्वाह गर्दै आएको योगदान ज्यादै प्रशंसनीय रहेको बताए।

भौतिक साधन, स्रोत र सुविधालाई तुलना गरी मानवीय सेवाबाट विचलित नहुन एवम् अस्पतालबाट प्रवाह हुने सेवा र सुविधालाई थप गुणस्तरीय र प्रभावकारी बनाई नेपाल प्रहरी अस्पतालको साखलाई उच्च राख्न आपसी एकता र सामूहिक भावनाका साथ अघि बढ्न प्रहरी कर्मचारीलाई प्रहरी महानिरीक्षक ज्ञवालीले निर्देशनसमेत दिए।

प्रकाशित: मंगलबार, असार १६, २०७७ १८:२१
समाचार सारांशमा :
  • प्राविधिक प्रहरी नायव महानिरीक्षक र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक तथा प्राविधिक प्रहरी उपरीक्षक र प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
पूरा समाचार पढ्नुहोस्