२०७७ असार २१, आईतबार

प्रहरी महानिरीक्षकद्वारा मोलेकुलर परीक्षण इकाइकाे उद्घाटन 

काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नेपाल प्रहरी अस्पताल महाराजगंजमा कोरोना भाइरस (कोभिड-१९)को पीसीआर परीक्षण सञ्चालनका लागि स्थापना गरिएको मोलेकुलर परीक्षण इकाइको उद्घाटन गरेका छन्।

ज्ञवालीले मोलेकुलर परीक्षण इकाइ स्थापना गर्न उत्कृष्ट कार्य गर्ने आठजना प्रहरी अधिकृत तथा जवानहरूलाई पुरस्कार वितरण गरेका छन्।

कार्यक्रममा उनले लकडाउन कार्यान्वयन तथा कोरोना संक्रमण रोकथामको लागि अग्रपंक्तिमा खटिएका प्रहरी कर्मचारीहरू संक्रमणको जोखिम उच्च रहेको उल्लेख गर्दै नेपाल प्रहरी अस्पतालले सञ्चालन गर्ने गरी इकाइको स्थापना हुनु सबैको लागि सुखद् भएको बताए। 

प्रहरी महानिरीक्षक ज्ञवालीले पीसीआर ल्याबबाट अधिकभन्दा अधिक प्रहरी कर्मचारीहरू लाभान्वित हुने विश्वास व्यक्त गरे।

प्रहरी कर्मचारीहरू कोरोनाबाट संक्रमित हुनबाट बच्न समयमा नै सजग हुनुपर्नेमा उनको भनाइ छ।

सो अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगंजका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले इकाइसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

नेपाल प्रहरी अस्पताललाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएको नवीनतम् प्रविधि र पद्धतिलाई अंगीकार गरी स्वास्थ्य वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्ने र उन्नत अस्पतालको रूपमा विकास गर्न कटिबद्ध रहेको बताइन्।

एक करोड १९ लाख ३९ हजार रूपैयाँको लागतमा स्थापना गरिएको इकाइ तत्काल सञ्चालनमा आउनेछ।

प्रकाशित: मंगलबार, असार १६, २०७७ १८:०३
समाचार सारांशमा :
  • पीसीआर परीक्षण सञ्चालनका लागि स्थापना गरिएको मोलेकुलर परीक्षण इकाइको उद्घाटन
  • एक करोड १९ लाख ३९ हजार रूपैयाँको लागतमा स्थापना गरिएको इकाइ तत्काल सञ्चालनमा आउने
पूरा समाचार पढ्नुहोस्